शारीरिक सुगठनलाई सरकारले प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई गरेको सम्मानले थप हौसला प्राप्त भएको बताएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले माल्दिभ्समा च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई सरकारले गरेको प्रोत्साहन उल्लेखनीय रहेको उनले बताएका हुन् । शारीरिक सुगठन नेपाललाई […]

Nov 20, 2024 - 05:59
 0
शारीरिक सुगठनलाई सरकारले प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई गरेको सम्मानले थप हौसला प्राप्त भएको बताएका छन् ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओलीले माल्दिभ्समा च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई सरकारले गरेको प्रोत्साहन उल्लेखनीय रहेको उनले बताएका हुन् ।

शारीरिक सुगठन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउन प्रचुर सम्भावना भएको खेल भएकfले यसलाई सरकारले प्रवद्र्धन गर्नु पर्ने अध्यक्ष श्रेष्ठले उल्लेख गरे । साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

कात्तिक २० गतेदेखि २५ सम्म भएको प्रतियोगितामा नेपालका लागि ४ रजत पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् ।

रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register