पूर्वमन्त्री अधिकारीलाई दुईदिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएर अदालतमा पेस गरेको थियो । मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो । मानव तस्कर गिरोहसँग […]

Nov 10, 2024 - 10:58
 0
पूर्वमन्त्री अधिकारीलाई दुईदिन मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएर अदालतमा पेस गरेको थियो ।

मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो ।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको समयमा पक्राउ परेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register