अमेरिकामा जन्मेको आधारमा स्वतः नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै सन् २०२१ मा क्यापिटल हिल दंगामा संलग्नलाई क्षमा दिने बताएका छन् । नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि ट्रम्पले पहिलो पटक टिभी अन्तर्वार्ता दिएका हुन् । ‘ती मानिसहरू नरकमा बाँचिरहेका छन्,’ ट्रम्पले एनबीसीसँगको कुराकानीमा भने । ट्रम्पले अमेरिकामा जन्मेकालाई स्वचालित नागरिकता दिने नीति अन्त्य गर्ने […]

Dec 9, 2024 - 05:43
 0
अमेरिकामा जन्मेको आधारमा स्वतः नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै सन् २०२१ मा क्यापिटल हिल दंगामा संलग्नलाई क्षमा दिने बताएका छन् ।

नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि ट्रम्पले पहिलो पटक टिभी अन्तर्वार्ता दिएका हुन् । ‘ती मानिसहरू नरकमा बाँचिरहेका छन्,’ ट्रम्पले एनबीसीसँगको कुराकानीमा भने ।

ट्रम्पले अमेरिकामा जन्मेकालाई स्वचालित नागरिकता दिने नीति अन्त्य गर्ने घोषणा पनि गरेका छन् । तर, उनले डेमोक्र्याटसँग मिलेर बालबालिका भएर अमेरिका आएका अवैध आप्रवासीलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

ट्रम्पले पदभार ग्रहण गरेपछि अध्यागमन, ऊर्जा र अर्थतन्त्र जस्ता धेरै विषयमा आदेश जारी गर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register