बीमा पोलिसी सरेन्डर गर्नेहरु बढे, ४ महिनामा पौने ५ अर्ब बाहिरियो, कारण आर्थिक मन्दी कि बीमा साक्षरताको कमी ?

काठमाडौँ । पछिल्लो समय बीमा पोलीसी सरेन्डर गर्नेहरु बढेका छन् । बीमा गरेबापतको (मासिक/अर्थवार्षिक/वार्षिक) किस्ता तिर्न नसकेपछि बीमा पोलिसी सरेन्डर गर्नेहरु बढेका हुन् । पोलिसी सरेन्डर गर्नेहरु बढेसँगै चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिक महिनासम्ममा ३५ हजार ९ सय ८५ जनाले बीमा पोलिसी सरेन्डर गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार यसअवधिमा बीमा […]

Dec 9, 2024 - 07:19
 0
बीमा पोलिसी सरेन्डर गर्नेहरु बढे, ४ महिनामा पौने ५ अर्ब बाहिरियो, कारण आर्थिक मन्दी कि बीमा साक्षरताको कमी ?

काठमाडौँ । पछिल्लो समय बीमा पोलीसी सरेन्डर गर्नेहरु बढेका छन् । बीमा गरेबापतको (मासिक/अर्थवार्षिक/वार्षिक) किस्ता तिर्न नसकेपछि बीमा पोलिसी सरेन्डर गर्नेहरु बढेका हुन् ।

पोलिसी सरेन्डर गर्नेहरु बढेसँगै चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिक महिनासम्ममा ३५ हजार ९ सय ८५ जनाले बीमा पोलिसी सरेन्डर गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार यसअवधिमा बीमा कोषबाट ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बाहिरिएको छ ।

बीमा पोलिसी सरेन्डर गर्नेहरुको बढ्नुमा मन्दी र आम्दानी घट्नु मुख्य कारण रहेको जानकारहरुको भनाई छ । ‘अहिले देशको अर्थतन्त्र पूर्ण रुपमा चलायमान भइसकेको छैन । व्यापार-व्यवसाय पनि अपेक्षित रुपमा चलेका छैनन् ।’, लामो समय बीमा क्षेत्रमा अनुभव बटुलेका एक विज्ञले भने, ‘आम्दानी घटिरहेको छ, महँगाई बढिरहेको छ । यस्तो अवस्थामा धेरैले बीमाबापतको किस्ता तिर्न सकिरहेका छैनन् । त्यसैले बरु पोलिसी नै सरेन्डर गरौँ भन्नेहरु बढेका हुन् ।’

अर्कोतर्फ बीमा गराउँदा बीमितलाई बीमा पोलिसीबारे पूर्ण रुपमा जानकारी नदिँदा पनि यो समस्या देखिएको स्वयम् बीमाकर्मीहरुले स्वीकारेका छन् ।

‘कतिपय ठाउँमा हाम्रो पनि कमजोरी छ । यसैपनि बीमा क्षेत्रमा बीमा कम्पनीहरुबीचको प्रतिस्पर्धा अस्वस्थ छ । त्यसैमाथि धेरैजना धेरै रकम जम्मा गर्ने र धेरै कमिसन खाने ध्याउन्नमा छन् ।’, एक बीमा कम्पनीका सीईओले अर्थ सरोकारसँग भने, ‘गाउँघरतिर बीमाबापतको किस्ता तिर्न सक्ने आम्दानी नभएकाहरुको पनि बीमा भएको छ । एकदुई किस्ता तिरेपछि उहाँहरुले बीमा पोलिसी सरेन्डर गरेको देखिन्छ ।’

बीमा गरिसकेपछि बीमाबापतको किस्ता तिर्न नसकेको खण्डमा बीमितले बीचैमा पोलिसी बन्द गर्न सक्छन् । यस्तो अवस्थामा बीमा कम्पनीले केही प्रतिशत रकम काटेर बाँकी रहेको पैसा बीमितलाई फिर्ता गर्छन् ।

यसो त बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रका लागि नकारात्मक भएको जानकारहरुको भनाई छ । त्यसैमाथि अहिले जुन गतिमा बीमा पोलिसी सरेन्डर गर्नेहरु बढेका छन्, यो गति नरोकिए त्यसले निकट भविष्यमा बीमा क्षेत्रमा ठूलो चुनौती सृजना गर्न सक्ने जानकारहरुले दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register