युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरू आफ्नो ज्ञान बाढ्न तयार

लन्डन । नेपालमा वर्षेनी १० देखि १२ हजार मुटुका बिरामीको शल्यक्रिया गर्न आवश्यक भएपनि झन्डै २५ सय जनाको मात्रै शल्यक्रिया हुने गरेको पाइएको छ । शल्यक्रिया हुन नसक्दा वर्षेनी ५ हजार जनाको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका हुन् । युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेशनल्स् इन युरोप’ को आयोजनामा आइतबार […]

Dec 9, 2024 - 15:34
 0
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरू आफ्नो ज्ञान बाढ्न तयार


लन्डन । नेपालमा वर्षेनी १० देखि १२ हजार मुटुका बिरामीको शल्यक्रिया गर्न आवश्यक भएपनि झन्डै २५ सय जनाको मात्रै शल्यक्रिया हुने गरेको पाइएको छ ।

शल्यक्रिया हुन नसक्दा वर्षेनी ५ हजार जनाको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका हुन् ।

युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेशनल्स् इन युरोप’ को आयोजनामा आइतबार आयोजित एक भर्चुअल गोष्ठीमा प्रस्तुति दिंदै काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. कौशल तिवारीले नेपालमा मुटु सम्बन्धी रोगका कारण वर्षेनी ४६ हजार ५ सय मानिसको ज्यान गइरहेको बताए । उनले ह्दयाघातका घट्नाहरु पनि बढ्दै गइरहेको उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले युरोपेली डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीलाई विदेशमा आर्जित ज्ञान नेपालको स्वास्थ्य क्षेत्रमा लगाउन अनुरोध गर्दै नेपालमा रहेका कानूनी अप्ठ्यारा सहजीकरणमा आफूले भूमिका खेल्ने बताए ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको चुनौति सामना गर्न संसारभर रहेका नेपाली चिकित्सक तथा विज्ञहरुसंग रहेको अनुभव आदानप्रदान गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउंदो डिसेम्बर २६ र २७ तारिख काठमाडौँमा ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ आयोजना गर्न लागेको जनाए ।

उनले उक्त कन्क्लेभमा भाग लिन सबै विज्ञहरुलाई आमन्त्रण पनि गरे ।

डायष्पोरास्थित स्वास्थ्य पेशेवर र राष्ट्रिय सरोकारवालाहरूबीच सहकार्य गरि विश्वव्यापी विशेषज्ञता र राष्ट्रिय आवश्यकताबीचको खाडल पुर्ने उद्देश्य कन्क्लेभको छ ।

कार्यक्रममा प्रवासमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको नेपाल अनुभव र चुनौतिबारे छलफल भएको थियो।

सो अवसरमा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ (बेल्जियम-नेपाल), डा. प्रकाश थपलिया (अमेरिका), डा. भीमप्रसाद सापकोटा (एमओएचपी, नेपाल) र डा. विराज कर्माचार्य (नेपाल) र डा. बोधराज सुवेदी (पोल्याण्ड) ले पनि नेपालको स्वास्थ्य क्षेत्रमा डायस्पोराको भूमिका र अपेक्षाबारे आफ्नो धारणा राखेका थिए ।

हेल्थ कन्क्लेभको पूर्वसन्ध्यामा आयोजित सो गोष्ठीमा प्रवासमा रहेका ८ जना स्वास्थ्यसम्बन्धी विशेषज्ञहरूले नेपालमा गरिएका प्रोजेक्ट र सहभागिताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्ने विशेषज्ञहरूमा प्रा. डा. दीपक सापकोटा (नर्वे), डा. कौशलकिशोर तिवारी (हाल इटाली), डा. दीपराज थापा (स्वीडेन), डा. राजु श्रीवास्तव (बेल्जियम), डा. सागर धिताल (जर्मनी), डा. कृष्णप्रसाद खनाल (अमेरिका), डा. बच्चु कैलाश कैनी (यूके) र डा. विनयकुमार श्रेष्ठ (स्वीजरल्याण्ड) थिए ।

उनीहरूका कार्यपत्रमा नेपालको स्वास्थ्य क्षेत्रका चुनौतीसंग जुध्न विभिन्न युरोपेली देशका अनुभवहरूको तुलनात्मक अध्ययन र नियामक उपायहरूबारे विचार–विमर्श उल्लेख थियो ।

सोसाइटी फर नेप्लिज हेल्थ केयर प्रोफेशनल्स् इन युरोपका अध्यक्ष डा. विनय श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा उनले नेपाली मेडिकल डायस्पोराको संलग्नतालाई प्रवर्धन गर्न नेपाली स्वास्थ्य क्षेत्रको नीतिनिर्माणमा स्पष्टता र एकरूपताको खोजी हुनुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register