बेलायत र नेपालका सांसदले दिवंगत सैनिकहरुप्रति अर्पण गरे श्रद्धान्जली

लन्डन । बेलायतस्थित नेपाली समुदायले पहिलो र दोश्रो विश्वयुद्धमा सहादत प्राप्त गरेका सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् । शनिबार नेपालीको उल्लेख्य बसोवास रहेको अल्डरसटमा ‘रिमेम्बरेन्स डे परेड’ आयोजना गरि श्रद्धान्जली अर्पण गरिएको हो । ग्रेटर रसमोर नेपलिज कम्युनिटी र गोर्खा मेमोरियल प्रोजेक्ट टिमको सक्रियतामा भएको उक्त परेडमा स्थानीय बेलायती सांसद अलेक्स बेकर, नेपालका संघीय सांसद […]

Nov 9, 2024 - 20:20
 0
बेलायत र नेपालका सांसदले दिवंगत सैनिकहरुप्रति अर्पण गरे श्रद्धान्जली

लन्डन । बेलायतस्थित नेपाली समुदायले पहिलो र दोश्रो विश्वयुद्धमा सहादत प्राप्त गरेका सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।

शनिबार नेपालीको उल्लेख्य बसोवास रहेको अल्डरसटमा ‘रिमेम्बरेन्स डे परेड’ आयोजना गरि श्रद्धान्जली अर्पण गरिएको हो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटी र गोर्खा मेमोरियल प्रोजेक्ट टिमको सक्रियतामा भएको उक्त परेडमा स्थानीय बेलायती सांसद अलेक्स बेकर, नेपालका संघीय सांसद एलपी सांवा लिम्बु, रसमोर मेयर मारा माकुनुरा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष मन गुरुङ, शिव मन्दिर अल्डरसटका अध्यक्ष विक्रम भट्टराई लगायत गोर्खा सैनिक र स्थानीय नेपाली अगुवाहरु सहभागी भए ।

परेडपछि उनीहरुले प्रिन्सेस गार्डेनस्थित भिसी कुलवीर थापाको सालिकमा रिथ (पुष्पगुच्छा) अर्पण गर्दै समस्त दिवगंत सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरे ।

बेलायतसहित कमनवेल्थ मुलुकमा ११ नोभेम्बरलाई ‘रिमेम्बरेन्स डे’ का रुपमा मनाउने प्रचलन छ । यसलाई ‘पप्पी डे’ पनि भनिन्छ ।

प्रथम विश्वयुद्ध अन्त्यपछि सन् १९१८ नोभेम्बर ११ का दिन ११ बजे रिमेम्बरेन्स सन्डे मनाउन थालिएको हो । यो प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबार पर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register