प्लेअफ सम्भावना बलियो मनाउने दाउमा चितवन, प्रतिष्ठाको लडाइँमा लुम्बिनी

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (मंगलबार) दुई खेल हुँदैछन् । बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् । यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ । चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा […]

Dec 10, 2024 - 00:23
 0
प्लेअफ सम्भावना बलियो मनाउने दाउमा चितवन, प्रतिष्ठाको लडाइँमा लुम्बिनी

काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

बिहान ९ बजे हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।

यस्तै दिउँसो १ बजे हुने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

चितवन ३ जित र १ हारसहित ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । यसर्थ आज उ लुम्बिनीलाई हराएर प्लेअफमा जाने सम्भावनालाई मजबुत बनाउन चाहन्छ । चितवनको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्लले गरिरहेका छन् ।

यता राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरेको लुम्बिनी लायन्स भने सबै खेल हारेर पुछारमा छ । उसले कुनै अंक जोड्न सकेको छैन । लुम्बिनी पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल छ ।

यसर्थ आज लुम्बिनीले प्रतिष्ठाको लडाइँ लड्ने छ । यदि आजको खेल जितेमा प्लेअफमा जाने झिनो आशा बाँकी रहनेछ । पराजित भएमा २ खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिने छ ।

एनपीएलमा १५ खेल सकिँदा सबैभन्दा बढी रन रोहितले बनाए, धवन पाँचौंमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register