हिमाल चढ्नेहरु घटे, राजस्वमा भने उल्लेख्य वृद्धि

काठमाडौँ । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ राजस्व संकलन भएको छ । तर, २०२३ मा ७.८५ करोड मात्र राजस्व संकलन भएको थियो । […]

Dec 10, 2024 - 02:19
 0
हिमाल चढ्नेहरु घटे, राजस्वमा भने उल्लेख्य वृद्धि

काठमाडौँ । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ राजस्व संकलन भएको छ । तर, २०२३ मा ७.८५ करोड मात्र राजस्व संकलन भएको थियो ।

यस अवधिमा आरोहण अनुमतिको संख्या १ सय ६३ रहेको छ । जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन् ।

कुल आरोही संख्या २ हजार २४५ रहेको छ, जसमा ३ सय १ जना महिला र १ हजार ९४३ जना पुरुष छन् । यसवर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५ सय ४३ जना रहेका छन् ।

यसवर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ । कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । विभाग र एजेन्सीले बैठक बसेर मृतकहरूको शव सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाइएको छ ।

सन् २०२३ मा आरोहण अनुमति संख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको संख्या २४०७ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register