खोला किनारमा २० मिटर सीमा कायम गर्ने फैसला स्थगित

काठमाडौं । सर्वोच्च अदालतको २० मिटर सीमा कायम गर्ने फैसला हाललाई स्थगित भएको छ । सरकारले वागमती नदी तथा यसको सहायक नदिहरू र खोलाको दायाँ-बायाँ थप २० मिटर क्षेत्रलाई सुरक्षित गर्न सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्ने निर्णय लिएको छ । सर्वोच्च अदालतले यस विषयमा पुनरावेदनको अनुमति दिएको कारण हाल फैसला कार्यान्वयन स्थगित गरिएको हो । […]

Dec 12, 2024 - 12:15
 0
खोला किनारमा २० मिटर सीमा कायम गर्ने फैसला स्थगित

काठमाडौं । सर्वोच्च अदालतको २० मिटर सीमा कायम गर्ने फैसला हाललाई स्थगित भएको छ ।

सरकारले वागमती नदी तथा यसको सहायक नदिहरू र खोलाको दायाँ-बायाँ थप २० मिटर क्षेत्रलाई सुरक्षित गर्न सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्ने निर्णय लिएको छ ।

सर्वोच्च अदालतले यस विषयमा पुनरावेदनको अनुमति दिएको कारण हाल फैसला कार्यान्वयन स्थगित गरिएको हो । २०८० पुस ३ गते सर्वोच्च अदालतले खोला किनाराको दायाँ-बायाँ थप २० मिटर क्षेत्रलाई नियमअनुसार सुरक्षित राख्नको लागि आदेश दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस फैसालाको पुनरावलोकनको निवेदन दर्ता गरेको थियो। सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि यस फैसालाको कार्यान्वयन आगामी निर्णयसम्म स्थगित गरिएको छ ।

सम्बन्धित सरकारी कार्यालयहरू, स्थानीय तह, बैंक र वित्तीय संस्थाहरूलाई यसबारे पत्राचार गरिने निर्णय पनि लिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register