धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि अर्को मुद्दामा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । छुट्नको लागि भन्दै ४० हजार रुपैयाँ धरौटी बुझाएलगतै ‘भाइरलम्यान’ तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनले धरौटी बुझाए पनि फेरि पक्राउ परेका हुन् । प्रसाईंमाथि सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि […]

Dec 12, 2024 - 12:27
 0
धरौटी बुझाएर छुट्नेबित्तिकै फेरि अर्को मुद्दामा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । छुट्नको लागि भन्दै ४० हजार रुपैयाँ धरौटी बुझाएलगतै ‘भाइरलम्यान’ तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

साइबर मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनले धरौटी बुझाए पनि फेरि पक्राउ परेका हुन् ।

प्रसाईंमाथि सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेकोले उनलाई फेरि पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान गरिरहेको छ ।

यसअघि ४ मंसिरमा नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो। यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

धरौटी बुझाएपछि रिहा भएका प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले प्रसाईंलाई फेरि नियन्त्रणमा लिएको जानकारी दिए। प्रसाईंविरूद्ध सङ्गठित अपराध कसुर पनि लागेकोले यसमा अदालतबाट म्याद लिई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ ।

अब प्रसाईंलाई सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ ।

यही प्रकरणमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाँललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो ।

व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ ।

केही समयअघि लरेन्स विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register