ग्लोबल आईएमई बैंकको १८औं वार्षिक साधारणसभा: ५.५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित

काठमाडौं ।  ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा र पूँजी समायोजन कोषबाट शेयरधनीहरूलाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण प्रस्तुत गर्दै बोनस शेयर […]

Dec 13, 2024 - 14:47
 0
ग्लोबल आईएमई बैंकको १८औं वार्षिक साधारणसभा: ५.५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित

काठमाडौं ।  ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा र पूँजी समायोजन कोषबाट शेयरधनीहरूलाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण प्रस्तुत गर्दै बोनस शेयर वितरणपछि बैंकको पूँजी वृद्धिको हदसम्म प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित भएको जानकारी दिए ।

यसका साथै, प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण पालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

उनले बैंकको व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरे ।

ग्लोबल आईएमई बैंकलाई ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित गरिएको छ ।

बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मान प्राप्त गरेको छ ।

ग्लोबल आईएमई बैंक नेपालका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्शन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेको छ । साथै, बैंकले विश्वभरिका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register