मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पुष २८ गते थापागाउँ व्याङकेटमा सम्पन्न भएको हो । साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै, सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका […]

Jan 13, 2025 - 07:20
 0
मञ्जुश्री फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा पुष २८ गते थापागाउँ व्याङकेटमा सम्पन्न भएको हो ।

साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

त्यस्तै, सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट तीनजना यादव अधिकारी, रामहरी शर्मा तथा सुमन प्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट एक जना सतिश गौतम, गरि ४ (चार) जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन् ।

वित्तीय संस्थाको रजिष्टर्ड कार्यालयलाई काठमाडौँ महानगरपालिका वडा नं. १० बाट ठाउँसारी गरी काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्ध पत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register