अस्पतालले बिरामी रिफर गर्दा अर्कोमा नपुगेसम्म जिम्मा लिनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रिफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । निर्देशिकाकाअनुसार बिरामी अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलोपल्ट पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भएपनि समग्र अस्पतालको रिफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले […]

Jan 13, 2025 - 08:08
 0
अस्पतालले बिरामी रिफर गर्दा अर्कोमा नपुगेसम्म जिम्मा लिनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रिफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ ।

निर्देशिकाकाअनुसार बिरामी अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलोपल्ट पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।

विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भएपनि समग्र अस्पतालको रिफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीवन रक्षको उपचार तत्काल सुरु गर्नुपर्ने र सम्भव नभएका उपचार निकटतम केन्द्रमा सेवाको सुनिश्चितता गरी सुरक्षित रेफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए ।

सोही बुँदालाई आधार मानेर निर्देशिका जारी भएको हो ।

मन्त्री पौडेलले बिरामीको जीवनरक्षा र अस्पतालहरूमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए । एकातिर बिरामी कतै गए पछि बिना कुनै ढिलाइ उपचार पाउनुपर्ने सुनिश्चित गर्न खोजेका हौँ, उनले भने, अर्कोतिर अस्पतालहरूमा चापको व्यवस्थापनसमेत गर्ने लक्ष्य छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register