सरकारी वकिलको तर्क : सहकारी पीडितलाई न्याय दिन रविलाई थुनामै राख्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सोमबार थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अहिले सरकारी वकिलहरूले बहस गरिरहेका छन् । बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । लामिछानेले हस्ताक्षर गरेका चेकहरू पनि देखिएको तथा सङ्गठित र सहकारी ठगी मुद्दामा तीन वर्षभन्दा बढी […]

Jan 13, 2025 - 08:17
 0
सरकारी वकिलको तर्क : सहकारी पीडितलाई न्याय दिन रविलाई थुनामै राख्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सोमबार थुनछेक बहस जारी छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अहिले सरकारी वकिलहरूले बहस गरिरहेका छन् ।

बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।

लामिछानेले हस्ताक्षर गरेका चेकहरू पनि देखिएको तथा सङ्गठित र सहकारी ठगी मुद्दामा तीन वर्षभन्दा बढी सजाय माग गरिएकोले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकारी वकिलहरूले तर्क गरे ।

सहकारी पीडितहरू अझै पीडित भइरहेको अवस्थामा उनीहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने तर्क सरकारी वकिलको छ ।

सरकारी वकिलहरू सन्तोष राज कटुवाल, राधिका सुवाल, बिना खड्का, चन्द्र सञ्जेल र खडिन्द्रराज कटुवालले बहस गरिसकेका छन् । सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले वकिलहरूले बहस गर्न बाँकी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register