आज वर्षा र हिमपातको सम्भावना

झापा, २९ पुस । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान कोसी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै भूभागमा अहिले हुस्सु लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘अबको चौबीस [...] The post आज वर्षा र हिमपातको सम्भावना appeared first on Jhapa Online.

Jan 13, 2025 - 02:49
 0
आज वर्षा र हिमपातको सम्भावना

झापा, २९ पुस । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।

सोमबार बिहान कोसी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै भूभागमा अहिले हुस्सु लागेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘अबको चौबीस घण्टा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

The post आज वर्षा र हिमपातको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register