मधेस केन्द्रित दलको मोर्चा बनाउन गठित कार्यदलको बैठक बस्दै
काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरुले मोर्चा बनाउन गठन गरिएको कार्यदलको पहिलो बैठक भोलि बस्दैछ । मङ्गलबार बिहान ११ बजे धुम्बाराहीको समर्पण एकेडेमीमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा जसपाबाट रेणु यादव, इस्तियाक राई, जसपा नेपालबाट राजकिशोर यादव, लोसपाबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमतबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशीलबाट शिवजी यादव, […]

काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरुले मोर्चा बनाउन गठन गरिएको कार्यदलको पहिलो बैठक भोलि बस्दैछ ।
मङ्गलबार बिहान ११ बजे धुम्बाराहीको समर्पण एकेडेमीमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।
कार्यदलमा जसपाबाट रेणु यादव, इस्तियाक राई, जसपा नेपालबाट राजकिशोर यादव, लोसपाबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमतबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशीलबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा र तमलोपाबाट वृषेशचन्द लाल छन् ।
What's Your Reaction?






