काठमाडौंको तापक्रम साढे २ डिग्रीमा झर्‍याे, हिमाल र पहाडमा अवस्था झन् कठोर

काठमाडौं । चिसोले आज काठमाडौं उपत्यकालाई अझै कठ्यांग्र्याएको छ । न्यूनतम तापक्रम हिजोको ३.१ डिग्री सेल्सियसबाट झरेर आज २.५ डिग्री सेल्सियस पुगेको छ । मौसमविद्हरूका अनुसार यो चिसो अझै केही दिन कायम रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रको अवस्था झन् कठोर छ । जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ […]

Dec 14, 2024 - 02:51
 0
काठमाडौंको तापक्रम साढे २ डिग्रीमा झर्‍याे, हिमाल र पहाडमा अवस्था झन् कठोर

काठमाडौं । चिसोले आज काठमाडौं उपत्यकालाई अझै कठ्यांग्र्याएको छ । न्यूनतम तापक्रम हिजोको ३.१ डिग्री सेल्सियसबाट झरेर आज २.५ डिग्री सेल्सियस पुगेको छ । मौसमविद्हरूका अनुसार यो चिसो अझै केही दिन कायम रहने सम्भावना छ ।

देशका उच्च पहाडी र हिमाली क्षेत्रको अवस्था झन् कठोर छ । जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ भने जोमसोममा माइनस ५ र दोलखा जिरीमा माइनस २.४ डिग्री सेल्सियस पुगेको छ ।

काठमाडौंको आकाश खुलेको छ, तुवाँलो हटेसँगै उत्तरतर्फका हिमालहरू सफा देखिन थालेका छन् । बिहानैदेखि घाम लागे पनि चिसोबाट राहत पाउन सकिएको छैन । तराई र पहाडका बेँसी क्षेत्रमा भने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। तर यी प्रदेशका अन्य भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ ।

चिसो बढेसँगै नागरिकहरूलाई न्यानो कपडा लगाउन र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register