चीनमा फेरि भूकम्प गयो, नेपालमा पनि धक्का महसुस

काठमाडौं । चीनमा फेरि भूकम्प गएको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजको डिङ्ग्री काउन्टीमा सोमबार राति चिनियाँ समयअनुसार ८:५८ बजे ५ म्याग्नीच्युडको भूकम्प गएको त्यहाँको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)ले जनाएको छ । केन्द्रबिन्दु २८.४५ डिग्री उत्तर अक्षांश र ८७.५२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर गएको सीईएनसीले जनाएको छ । […]

Jan 13, 2025 - 14:35
 0
चीनमा फेरि भूकम्प गयो, नेपालमा पनि धक्का महसुस

काठमाडौं । चीनमा फेरि भूकम्प गएको छ ।

सिजाङ स्वायत्त क्षेत्रको सिगाजको डिङ्ग्री काउन्टीमा सोमबार राति चिनियाँ समयअनुसार ८:५८ बजे ५ म्याग्नीच्युडको भूकम्प गएको त्यहाँको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)ले जनाएको छ ।

केन्द्रबिन्दु २८.४५ डिग्री उत्तर अक्षांश र ८७.५२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर गएको सीईएनसीले जनाएको छ ।

क्षेत्रीय भूकम्प मापन ब्यूरोकाअनुसार जनवरी ७ मा काउन्टीमा गएको ७ म्याग्निच्युडको भूकम्पपछिको यो सबैभन्दा शक्तिशाली परकम्प हो ।

अहिलेसम्म कुनै हताहतीको विवरण नआएको र थप अनुसन्धान भइरहेको डिङ्ग्रीका काउन्टी प्रमुख टासी डोन्ड्रपले जानकारी दिए ।

भूकम्पकाे धक्का नेपालको पूर्वी भागमा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register