सूर्यदर्शन सहकारी ठगी : आज पनि थुनछेक बहस

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज (बुधबार) पनि जिल्ला अदालत कास्कीमा थुनछेक बहस हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा मंगलबार पहिलो दिनको थुनछेक बहस सकिएको थियो । आज त्यसैलाई निरन्तरता दिन लागिएको हो । मंगलबारको बहस सकिएसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको थियो । […]

Jan 1, 2025 - 05:02
 0
सूर्यदर्शन सहकारी ठगी : आज पनि थुनछेक बहस

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज (बुधबार) पनि जिल्ला अदालत कास्कीमा थुनछेक बहस हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा मंगलबार पहिलो दिनको थुनछेक बहस सकिएको थियो । आज त्यसैलाई निरन्तरता दिन लागिएको हो ।

मंगलबारको बहस सकिएसँगै पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको थियो ।

मंगलबार न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो । लगत्तै थुनछेक बहस सुरु भएको थियो ।

आरोपीहरूविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले पुस ५ गते सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register