दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव पारित, अब के हुन्छ ?

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ । सत्तारूढ पार्टीले समेत महाअभियोगको पक्षमा मत हालेपछि प्रस्ताव पारित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय सभामा शनिबार राष्ट्रपतिविरूद्ध महाअभियोगको प्रस्ताव पेस भएको थियो । त्यसमा २०४ मतले महाअभियोगको प्रस्ताव पारित भएको एपीले जनाएको छ । विपक्षमा ८५ मत परेको छ […]

Dec 14, 2024 - 08:55
 0
दक्षिण कोरियाली राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव पारित, अब के हुन्छ ?

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ ।

सत्तारूढ पार्टीले समेत महाअभियोगको पक्षमा मत हालेपछि प्रस्ताव पारित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय सभामा शनिबार राष्ट्रपतिविरूद्ध महाअभियोगको प्रस्ताव पेस भएको थियो । त्यसमा २०४ मतले महाअभियोगको प्रस्ताव पारित भएको एपीले जनाएको छ । विपक्षमा ८५ मत परेको छ ।

महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ । ३०० सदस्यीय कोरियाको संसद्‌मा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पीपीपी)का १०८ सांसद छन् भने विपक्षीका १९० सांसद छन् ।

दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पीपीपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो ।

महाभियोग पारि भएपनि यूनलाई स्थायी रूपमा पदबाट हटाइनेछ भन्ने ग्यारेन्टी भने हुँदैन ।

सम्पूर्ण महाभियोग प्रक्रिया आफैंमा केही हप्ता लाग्नसक्छ, किनकि संवैधानिक अदालतमा मुद्दा चलाउन बाँकी छ । नौ सदस्यीय परिषद्मध्ये छ जनाले महाभियोगलाई कायम राख्न मतदान गरेमा मात्र राष्ट्रपति पदबाट हट्नेछन् ।

यस्तो अवस्थामा सत्तारुढ भएको ६० दिनभित्र अर्को राष्ट्रपतिको निर्वाचन आह्वान गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register