चट्टानी भीरमा परिवारको भविष्य खोज्दै मजदुर

(लामाबगर) दोलखा । दोलखाको बिगुु र गौरीशङ्कर गाउँपालिकामा पर्ने चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउन १३ मजदुुरहरू सक्रिय रहेका छन् । परिवारको भविष्य खोज्न प्रत्येक दिन मृत्युुको त्रासमा काम गरिरहेको उनीहरूको भनाइ छ। दोलखा लापिलाङका तुलबे थामी विगत एक महिनादेखि चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउने काममा लाग्नुभएको छ। खुुट्टा टेकाउने अवस्था नभएको ठाउँमा समेत […]

Jan 15, 2025 - 02:04
 0
चट्टानी भीरमा परिवारको भविष्य खोज्दै मजदुर

(लामाबगर) दोलखा ।

दोलखाको बिगुु र गौरीशङ्कर गाउँपालिकामा पर्ने चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउन १३ मजदुुरहरू सक्रिय रहेका छन् । परिवारको भविष्य खोज्न प्रत्येक दिन मृत्युुको त्रासमा काम गरिरहेको उनीहरूको भनाइ छ।

दोलखा लापिलाङका तुलबे थामी विगत एक महिनादेखि चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउने काममा लाग्नुभएको छ। खुुट्टा टेकाउने अवस्था नभएको ठाउँमा समेत डोरीको सहारामा काम गर्नुपर्ने तुलबेको भनाइ छ।

‘हामी प्रत्येक दिन मरेर बाँचिरहेका छौं’, तुलबेले भन्नुभयो– ‘किनभने बिहान काममा लागेपछि बेलुका जिउँदै फर्कने हो कि हैन ठेगानै हुुँदैन ।’ काममा जतिसुुकै जोखिम भए पनि परिवारको भविष्यका लागि पनि मृत्युु छल्दै अघि बढ्नुुको विकल्प नभएको तुलबेले बताउनुभयो।

परिवारलाई नभनी सुुटुुक्क काममा आएका तुुलबेले केही दिन त काम गर्नै कठिन भएको बताउनुभयो। ‘परिवारले थाहा पाए भने यस्तो ठाउँमा काम गर्न आउनै दिँदैनन्’, उहाँले भन्नुभयो– ‘गुजारा गर्ने बाध्यताले परिवारलाई थाहै नदिई आएको हुँ।’
उमेरले ६४ वर्ष लागेका गौरीशङ्कर गाउँपालिका–९ रिकुका नेत्रबहादुुर खड्का पनि विगत दुुई महिनादेखि यही भीरमा परिवारको भविष्य खोजिरहनुभएको छ।

‘अरू सीप जानिएन’, नेत्रबहादुुरले भन्नुभयो– ‘आफूले जानेको यस्तै मजदुुरी काम छ, यो सजिलो ठाउँमा मात्र नहुुने रैछ ।’ उमेर र जोखिमलाई हेरेर घरमा बस्ने हो भने परिवार चलाउन कठिन हुुने नेत्रबहादुुर बताउनुहुन्छ।

सिन्धुुलीका गोपाल मगरको बाध्यता पनि अरू साथीहरूको भन्दा फरक छैन । उहाँले भन्नुभयो– ‘यो भीरमा काम गर्दा ज्यान जोखिममा छ भन्ने बुुझेको छुु, तर रोजगारीको विकल्प नभएपछि यही काम गर्न बाध्य छुु । यो भीरमा एउटा डोरीको भरमा काम गर्नुपरेको छ, अलिकता खुुट्टा चिप्लिएर खसियो भने बाँच्ने सम्भावनै छैन ।’

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन्तर्गतको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको सहयोगमा चिम्लिङको चट्टानी भीर छिचोल्दै पैदलमार्ग निर्माण भइरहेको हो । झण्डै साढे चार किलोमिटरको पैदलमार्गले दोलखाको बिगुु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना स्थल नजिक खोरदिङबाट गौरीशङ्कर गाउँपालिका–९ रिकुु गाउँ जोड्ने रोल्वालिङ खोला जलविद्युत् आयोजनाका आयोजना प्रमुख मनोज ताम्राकारले बताउनुभयो।

रिकु गाउँमा रोल्वालिङ खोला आयोजनाको अडिट–१ टनेल बन्दै छ । यो टनेलबाट आयोजनाको रोल्वालिङ खोलास्थित बाँध स्थल र लामाबगरमा रहने पावरहाउसमा पानी पुु¥याउने सुुरुङ भेटिने आयोजना प्रमुख ताम्राकारको भनाइ छ । रिकुुसम्म जोड्ने पदमार्ग रिकुु गाउँका स्थानीयलाई आवतजावतमा सहज होस् र गाउँको जीवन स्तर उकास्नसमेत उपयोगी बनोस् भनेर निर्माण गर्न लागिएको आयोजना प्रमुख ताम्राकारले बताउनुभयो।

पदमार्ग निर्माण पछि च्छो–रोल्पा हिमताल पुुग्ने पर्यटकलाई समेत सहज हुुने छ । झन्डै ६ करोड रुपियाँ लागत अनुमान गरिएको पैदलमार्गको १ हजार ४ सय मिटर निर्माण सकिएको छ। आयोजनाले पदमार्ग निर्माणको जिम्मा हाई हिमाललाई दिएको छ।

पदमार्ग निर्माणको काम पेटी ठेक्कामा लिएका लापिलाङका इन्द्र थामीले पदमार्ग बनाउन निकै जोखिमपूूर्ण रहेको बताउनुभयो। ‘मजदुुर मात्र होइन हामी आफैं पनि जोखिममा छौं तर यो गुजाराका लागि आवश्यक छ’ –इन्द्रले भन्नुभयो। उहाँले पीसीसी ढलान र रेलिङसहितको दुुई मिटर चौडाइको पदमार्ग निर्माणपछि रिकुुका स्थानीय र पर्यटकहरूका लागि निकै उपयोगी हुुने बताउनुभयो। पदमार्ग निर्माणको काम आगामी जेठ महिनासम्म सक्ने लक्ष्य रहेको हाई हिमालले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register