प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो तामाङलाई उनको कार्यालयबाटै नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ परेकी हुन् । पक्राउ पर्नुअघि तामाङले सामाजिक सञ्जालमा एक भिडिओ राख्दै प्रहरीले पक्राउ गरेको जानकारी दिएकी थिइन् । सो भिडिओमा तामाङकी सहकर्मीले अदालतबाट जारी गरिएको पक्राउ पुर्जी पढेको देखिन्छ । के...

What's Your Reaction?






