पत्रकार महासंंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी विजयी

धादिङ ।  नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा सिताराम अधिकारी विजयी भएका छन्। शुक्रबार भएको निर्वाचनमा प्रेस सेन्टरका राजन अधिकारीलाई ११ मतान्तरले पराजित गर्दै प्रेस चौतारीका सिताराम अधिकारी विजयी भएका हुन्। विजयी भएका अधिकारीले ४२ मत प्राप्त गरे भने उनका प्रत्याशी राजन अधिकारीले ३१ मत ल्याए।  यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकै सरिता श्रेष्ठ विजयी […]

Dec 14, 2024 - 09:02
 0
पत्रकार महासंंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी विजयी

धादिङ । 

नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा सिताराम अधिकारी विजयी भएका छन्। शुक्रबार भएको निर्वाचनमा प्रेस सेन्टरका राजन अधिकारीलाई ११ मतान्तरले पराजित गर्दै प्रेस चौतारीका सिताराम अधिकारी विजयी भएका हुन्। विजयी भएका अधिकारीले ४२ मत प्राप्त गरे भने उनका प्रत्याशी राजन अधिकारीले ३१ मत ल्याए। 

यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकै सरिता श्रेष्ठ विजयी भएकी छन् ।श्रेष्ठले ४१ मत ल्याइन् भने उनका प्रत्याशी प्रेस सेन्टरकी रविना विकले २९ मत ल्याइन् ।यसैगरी कोषाध्यक्षमा प्रेस सेन्टरका बद्री अधिकारीले ३८ मत ल्याउँदै विजयी भए भने उनका प्रत्याशी समाजवादी प्रेस संगठनका शिवराज आचार्यले ३५ मत पाए।

यस्तै आदिवासी जनजाति सदस्यमा प्रेस चौतारीका रेख बहादुर गुरुङले ४१ मत ल्याउँदै विजयी भए भने उनका प्रत्याशी प्रेस सेन्टरका नीर बहादुर गुरुङले ३२ मत पाए।

यसैगरी खुल्ला सदस्यमा प्रेस चौतारीका उपेन्द्र अधिकारी ३९ मत (विजयी), प्रेस सेन्टरका गणेश पाण्डे २६ मत, प्रेस युनियनका पुरूषोत्तम ढुंगाना ५२ मत(विजयी), प्रेस सेन्टरका भुमीप्रसाद त्रिपाठी २६ मत,प्रेस युनियनका मनिष श्रेष्ठ ६५ मत (विजयी), प्रेस चौतारीका बिनोद तमु ५९ मत (विजयी), प्रेस सेन्टरका श्रीकृष्ण रिजाल १३ मत, समाजबादी प्रेस संगठनका सन्दीप प्रसाद घिमिरे ३९ मत (विजयी) र प्रेस सेन्टरका सानुबाबु अर्यालले १२ मत पाए ।

यस्तै प्रदेश परिषद सदस्यमा प्रेस युनियनका चित्र बहादुर आचार्य ३९ मत (विजयी), समाजबादी प्रेस संगठनका राजकुमार ढुंगाना ३६ मत (विजयी), प्रेस सेन्टरका किशोर अधिकारी ३० मत र बिक्रम अधिकारीले ३२ मत पाए।केन्द्रीय परिषद सदस्य तर्फ प्रेस युनियनकी गोमा थापा ५४ मत (विजयी) र प्रेस सेन्टरकी सन्तोसी ढुंगानाले ३४ मत पाए।

जिल्ला कार्यसमितिको ३ पदाधिकारी र ५ सदस्य पदको लागि निर्वाचन भएको हो । यसअघि प्रेस युनियनबाट उपाध्यक्षमा मनिष दुवाडी, सचिवमा सन्तोषराज श्रेष्ठ, सहसचिवमा विकास रौनियार, समावेशी सहसचिवमा अस्मिता पोखरेल निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै महिला सदस्य प्रेस युनियनबाट सुशीला विश्वकर्मा, दलित सदस्यमा प्रेस चौतारीका अनिल नेपाली र अल्पसंख्यक सदस्यमा समाजबादी प्रेस संगठनकी सनिता चेपाङ निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी प्रदेश परिषद सदस्यमा प्रेस चौतारीकी लक्ष्मी भुजेल,राजाराम डंगोल र प्रेस युनियनकी लक्ष्मी शाक्य तथा केन्द्रीय परिषद सदस्य तर्फ प्रेस चौतारीबाट केशव अधिकारी निर्विरोध भएका थिए ।

निर्वाचित कार्यसमितिको कार्यकाल आगामी तीन बर्षको हुनेछ । जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए।समाजवादी प्रेस संगठनले प्रेस चौतारीसँग गठबन्धन गरेको थियो भने प्रेस सेन्टर एक्लै चुनावी मैदानमा होमिएको थियो।सदस्यता विवादका कारण पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको निर्वाचन हिजो शुक्रबार देशैभर एकैपटक भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register