निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा १० जना विद्यार्थी पुरस्कृत

झापा, २९ मंसिर । झापाको विर्तामोड–१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश’ शीर्षकको निबन्ध प्रतियोगिताका विजयी प्रतियोगीलाई शनिबार विर्तामोडमा आयोजित एक समारोहका बीच नगदसहित सम्मान गरेको हो । निवन्ध प्रतियोगितामा प्रथम हुने देवी माध्यमिक विद्यालयकी छात्रा ज्योति ढुङ्गेल, दोस्रो हुने मोहनमाया [...] The post निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा १० जना विद्यार्थी पुरस्कृत appeared first on Jhapa Online.

Dec 14, 2024 - 15:00
 0
निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा १० जना विद्यार्थी पुरस्कृत

झापा, २९ मंसिर । झापाको विर्तामोड–१ स्थित निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश’ शीर्षकको निबन्ध प्रतियोगिताका विजयी प्रतियोगीलाई शनिबार विर्तामोडमा आयोजित एक समारोहका बीच नगदसहित सम्मान गरेको हो ।

निवन्ध प्रतियोगितामा प्रथम हुने देवी माध्यमिक विद्यालयकी छात्रा ज्योति ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माविकी छात्रा सन्ध्या खतिवडालाई प्रतिष्ठानले क्रमशः ७० हजार, ५० हजार र ३० हजार नगदसहित सम्मानपत्रले सम्मान गरेको थियो ।

यसैगरी छात्रा निर्जला आचार्य, दीप्ति सुवेदी, तृषा सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला, छात्र सौगात खनाल र रोहन सुनुवारलाई नगद ७ हजारसहित सान्तवना पुरस्कारका साथ सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको समारोहका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलगायतले विजेता प्रतियोगीलाई सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष ओलीले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको समारोहको सञ्चालन प्रतिष्ठानका सचिव माधव विद्रोहीले गरेका थिए ।

निता भेटवालका पिता तथा प्रतिष्ठानका संरक्षक विष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छाअनुरुप अतिविपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययनमा सहयोग गर्दै आएको बताए । भेटवालले आमाबुवा नभएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेसमेत बताएका छन् । उनले विपन्न परिवारका पढ्न चाहेर पनि नसकेका विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोगका साथै थप उच्च अध्ययनका लागि समन्वय गर्ने र गरिँदै आएको बताए ।

प्रतिष्ठानले विपन्न परिवारका ११ जना विद्यार्थीलाई विर्तामोडकै एक निजी विद्यालयमा ती विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी पढाइरहेको प्रतिष्ठानका सचिव माधव विद्रोहीले बताए ।

व्रेन ट्युमरका कारण २५ वर्षकै उमेरमा ज्यान गुमाएकी निताको स्मृतिमा उनका बुबा विष्णुप्रसाद र आमा आमा विष्णुमाया भेटवालले प्रतिष्ठान स्थापना गरेका हुन् ।

समारोहमा प्रमुख अतिथि मन्त्री कार्की, अर्जुनधारा नगरपालिकाका प्रम्ख मेयर बलदेव सिंह गोम्देन तामाङ, परिवारका सदस्य अमरदीप भेटवाललगायतले प्रतिष्ठानले शिक्षा क्षेत्रमा अत्यन्त उपयोगी कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

निवन्ध प्रतियोगिता संयोजन समितिका सदस्य डा. ठाकुरप्रसाद पोखरेलले निबन्ध प्रतियोगिता सञ्चालनका विषयमा जानकारी गराएको समारोहमा निवन्ध प्रतियोगिताका बिजेताहरुको नाम शिक्षासेवी होम सुवेदीले घोषणा गरेका थिए ।

The post निता भेटवाल स्मृति प्रतिष्ठानद्वारा १० जना विद्यार्थी पुरस्कृत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register