प्रदेश १ लाई ‘लिम्बुवान–किरात’ नामाङ्कन गर्न चुम्लुङको माग

किरात याक्थुङ चुम्लुङ इलामले प्रदेश १ लाई पहिचान र सामर्थको आधारमा ‘लिम्बुवान–किरात’ प्रदेश नामाङ्कन गर्न माग गरेको छ ।

Feb 12, 2022 - 03:10
 0
प्रदेश १ लाई ‘लिम्बुवान–किरात’ नामाङ्कन गर्न चुम्लुङको माग

बिहीबार सम्पन्न चुम्लुङको आठौं जिल्ला अधिवेशनबाट सात बुँदे घोषणापत्र जारी गर्दै संविधान संसोधन गरी प्रदेशहरुको सीमाङ्कन हेरफेर नगरेसम्मका लागि हालको प्रदेश १ लाई ‘लिम्बुवान–किरात’ नामाङ्कन गर्न माग गरेको हो ।

पछिल्लो समय नामाङ्कन गर्न बाँकी एकमात्र प्रदेश १ को नामाङ्कनको विषय पेचिलो बन्दै गईरहेको बेला चुम्लुङले त्यस्तो माग दोहो¥याएको हो । चुम्लुङले संविधान संसोधन मार्पmत प्रदेशहरुको सीमाङ्कन हेरफेर गरी अरुण पूर्वका ९ जिल्लालाई स्वायत्त लिम्बुवान प्रदेशको स्थापना माग गर्दै आएको छ । तर तत्काल संविधान संसोधनको सम्भावना नरहेकाले लिम्बुवान र किरातको भूगोल समेटिएको १४ जिल्लाको प्रदेश १ लाई ‘लिम्बुवान–किरात’ नै उपयुक्त हुने बताउँदै आएको छ ।

त्यस्तै भाषा आयोगले गरेको सिफारिसको आधारमा प्रदेश १ मा मा ‘लिम्बू’ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा लागू गर्न माग गरेको छ । भाषा आयोगले गत २१ भदौमा प्रदेश १ मा ‘लिम्बू’ र ‘मैथली’ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

चुम्लुङले ‘लिम्बू’ जातिको दाहसंस्कार÷समाधिस्थल, पुरातात्विक स्थल आदिमा राज्यपक्षबाट भईरहेको अतिक्रमणको अन्त्य गर्न साथै लिम्बू जातिको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि प्रत्याभूति हुने खालका कार्यक्रमहरु सञ्चालन गर्न माग गरेको छ ।

त्यस्तै ‘लिम्बू’ समुदायको बाहुल्यता रहेको विद्यालयहरुमा लिम्बू मातृभाषा शिक्षा लागू गराउँदै मातृभाषा शिक्षक दरबन्दीको व्यवस्था गर्न, पहिले लिम्बु भाषाबाटै राखिएको विभिन्न ठाउँहरुको नाम अपभ्रशं गर्दै खस नेपालीकरण गरिएकोमा त्यसलाई पुर्नउत्थान र पुनःलेखन गर्न र जिल्लाका विभिन्न कार्यालयमा ‘किरात सिरीजंगा लिपि’ मा समेत कार्यालयको बोर्ड राख्न माग गरेको छ ।

किरात याक्थुङ चुम्लुङ आफ्नो जातिको भाषा, लिपि, धर्म, संस्कृति तथा इतिहासको सम्मान र संरक्षण गर्दै लिम्बू जातिको उत्थान, साँस्कृतिक पुर्नजारगरण, सामाजिक, आर्थिक, शैक्षिक, भाषिक विकासका लागि २०४६ सालमा स्थापित भएको ‘लिम्बू’ जातिको साझा संस्था हो ।

अध्यक्षमा सोङ्मी चयन

यसैबिच किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन् । बिहीबार बेलुका अबेर इलाम सदरमुकाममा सम्पन्न चुम्लुङको आठौं जिल्ला अधिवेशनबाट सोङ्मी अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्षमा सोङ्मी चयन भएसँगै चुम्लुङ इलामले लगातार दोश्रो पटकका लागि महिला नेतृत्व पाएको छ । यसअघिको कार्यकाल समेत गायत्री थेगिमले नेतृत्व गरेकी थिइन् ।
अधिवेशनले सोङ्मीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा पदम ताम्लिङ, सचिवमा राम योङहाङ, सहसचिवमा याम माबोहाङ र कोषाध्यक्षमा जुनु लिम्बू चयन भएका छन् ।

सदस्यहरुमा अतित योङहाङ, निर्मला चेम्जोङ, संगीता थलङ, राजकुमार लिङदम, अप्सरा नेम्बाङ, पंचबहादुर योङहाङ, शिव थेगिम, रुपेन नेम्बाङ, मानबहादुर लिम्बू, दिपेन्द्र सुब्बा र अमृता येक्तेन रहेका छन् ।

त्यस्तै राष्ट्रिय चुम्लुङ सदस्यमा सरस्वती तुम्बाहाम्फे, अमृतबहादुर केरुङ र प्रेम जवेगू चयन भएका छन् । अधिवेशनमा जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका शाखाबाट ५० बढी प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

निवर्तमान अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, केन्द्रीय सदस्य अभिषेक येक्तेन (चक्र) र विष्णु तुम्बापो, लिम्बुवान प्रदेश सदस्य तीर्थ साउदेन, सल्लाहाकार बखतबहादुर आङदेम्बेले समसामयिक विषयमा मन्तव्य राखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register