पत्रकार महासंघमा नेपाल समाचारपत्रकर्मी: रौतहटमा कार्की, धादिङमा अधिकारी र मनाङमा लामिछाने

काठमाडौं । नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा नेपाल समाचारपत्रकर्मी सञ्जयकुमार कार्की विजयी हुनुभएको छ। नेपाल पत्रकार महासंघको निर्वाचन तालिका अनुसार शुक्रवार सम्पन्न निर्वाचनको प्रकाशित अन्तिम मत परिणामअनुसार कार्की अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले कुल १५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षका लागि प्रेस चौतारीको […]

Dec 15, 2024 - 03:10
 0
पत्रकार महासंघमा नेपाल समाचारपत्रकर्मी: रौतहटमा कार्की, धादिङमा अधिकारी र मनाङमा लामिछाने

काठमाडौं ।

नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्षमा नेपाल समाचारपत्रकर्मी सञ्जयकुमार कार्की विजयी हुनुभएको छ। नेपाल पत्रकार महासंघको निर्वाचन तालिका अनुसार शुक्रवार सम्पन्न निर्वाचनको प्रकाशित अन्तिम मत परिणामअनुसार कार्की अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँले कुल १५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षका लागि प्रेस चौतारीको भागमा नेपाल पत्रकार महासंघ रौतहट परेको थियो । गठबन्धनबाट प्रेस चौतारी नेपालका उत्तमकुमार उपाध्यायले अध्यक्षमा मनोनयन दर्ता गराए पनि नेपाल प्रेस युनियनका सञ्जयकुमार कार्कीले केन्द्रीय सर्कुलरको अवज्ञा गर्दै अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको थियो ।

मत परिणामअनुसार विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वीद्वय प्रेस चौतारी नेपालका उम्मेदवार उत्तमकुमार उपाध्याय र प्रेस मञ्चका रवीन्द्रप्रसाद साह दुवैलाई तीन मतको अन्तरले पराजित गर्नुभएको हो । निकटतम प्रतिद्वन्द्वी उपाध्याय र साहले १२–१२ मत प्राप्त गर्नुभएको हो । त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार समाजवादीका मदन ठाकुर (धनञ्जय) ले मात्र ६ मत प्राप्त गर्नुभएको छ।

यसै गरी नेपाल पत्रकार महासंंघ जिल्ला शाखा धादिङको अध्यक्षमा समाचारपत्रकर्मी सीताराम अधिकारी विजयी हुनुभएको छ। शुक्रबार भएको निर्वाचनमा प्रेस सेन्टरका राजन अधिकारीलाई ११ मतान्तरले पराजित गर्दै प्रेस चौतारीका अधिकारी विजयी हुनुभएको हो । विजयी हुनुभएका अधिकारीले ४२ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी राजन अधिकारीले ३१ मत ल्याउनुभयो ।

महिला उपाध्यक्षमा प्रेस चौतारीकै सरिता श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठले ४१ मत ल्याउनुभयो भने उहाँका प्रत्यासी प्रेस सेन्टरकी रविना विकले २९ मत ल्याउनुभयो । यसै गरी कोषाध्यक्षमा प्रेस सेन्टरका बद्री अधिकारीले ३८ मत ल्याउँदै विजयी हुनुभयो भने उहाँका प्रत्यासी समाजवादी प्रेस संगठनका शिवराज आचार्यले ३५ मत पाउनुभयो।

यस्तै, आदिवासी जनजाति सदस्यमा प्रेस चौतारीका रेखबहादुर गुरुङले ४१ मत ल्याउँदै विजयी हुनुभयो भने उहाँका प्रत्यासी प्रेस सेन्टरका नीरबहादुर गुरुङले ३२ मत पाउनुभयो। त्यसै गरी हाम्रा मनाङका नेपाल समाचारपत्रकर्मी नवीन लामिछाने दोस्रो कार्यकालका लागि मनाङबाट जिल्ला अध्यक्षमा निर्विरोध हुनुभएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register