काठमान्डुले टस जितेर फिल्डिङ रोज्यो, पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । कीर्तिपुरको विवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजे विराटनगर किङ्ग्स र काठमान्डु गुर्खाजबीच हुनेछ । यसैबीच काठमान्डुले विराटनगरविरुद्ध टस जितेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । उनले विराटनगरलाई ब्याटिङको निम्तो दिएका […]

Dec 15, 2024 - 03:11
 0
काठमान्डुले टस जितेर फिल्डिङ रोज्यो, पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । कीर्तिपुरको विवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार) पनि दुई खेल हुँदैछन् ।
पहिलो खेल बिहान ९ बजे विराटनगर किङ्ग्स र काठमान्डु गुर्खाजबीच हुनेछ ।

यसैबीच काठमान्डुले विराटनगरविरुद्ध टस जितेको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । उनले विराटनगरलाई ब्याटिङको निम्तो दिएका छन् । विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।

विराटनगर र काठमान्डु दुवै टोलीका लागि यो समूह चरणको अन्तिम खेल हो । यसअघिका ६ मध्ये काठमान्डु तीन खेलमा विजयी भएको छ । विराटनगरले भने दुई खेलमात्र जितेको छ ।

काठमान्डुका लागि आजको खेल महत्वपूर्ण छ । यो खेल जितेको खण्डमा उ प्लेअफमा पुग्न सक्नेछ । तर त्यसका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । विराटनगरलाई भारी अन्तरले हराएको खण्डमा काठमान्डु प्लेअफमा जानेछ ।

यता विराटनगर भने पहिलो चरणबाटै बाहिरिइसकेको छ । यसर्थ उसका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइँ हुनेछ । आजको खेल जितेर विराटनगर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ ।

प्रतियोगिताबाट बाहिरिइसकेको पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ । आजको खेल जितेमा उ प्लेअफमा पुग्नेछ ।

अंक तालिका :

प्रतिष्ठाको लडाइँमा विराटनगर, भारी अन्तरले हराउने लक्ष्यमा काठमान्डु

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register