‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बिज पुँजीसहित) नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबार […]

Jan 6, 2025 - 08:20
 0
‘मुक्तिनाथ म्युचुअल फण्ड १’ नेप्सेमा सूचीकृत

काठमाडौं । ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बिज पुँजीसहित) नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।

एक कार्यक्रमकाबीच नेप्सेको तर्फबाट सञ्चालक/प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register