गाजामा इजरायलले गरेको आक्रमणबाट अल-जजिराका क्यामेराम्यानसहित ३ सञ्चारकर्मी मारिए

काठमाडौं । गाजामा भएको पछिल्लो इजरायली आक्रमणबाट तीनजना सञ्चारकर्मी मारिएका छन् । मृत्यु हुनेमा आफ्ना क्यामेराम्यान अहमद अल–लोह र दुई प्यालेस्टिनी पत्रकार रहेको अल-जजिराले जनाएको छ । इजरायली सैन्य बलको आक्रमणबाट पछिल्लो २४ घण्टामा गाजामा ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये चारवटा हमला विस्तापित प्यालेस्टिनीले आश्रय लिइरहेको विद्यालयलाई लक्षित गरिएको थियो । यस […]

Dec 16, 2024 - 03:35
 0
गाजामा इजरायलले गरेको आक्रमणबाट अल-जजिराका क्यामेराम्यानसहित ३ सञ्चारकर्मी मारिए

काठमाडौं । गाजामा भएको पछिल्लो इजरायली आक्रमणबाट तीनजना सञ्चारकर्मी मारिएका छन् ।

मृत्यु हुनेमा आफ्ना क्यामेराम्यान अहमद अल–लोह र दुई प्यालेस्टिनी पत्रकार रहेको अल-जजिराले जनाएको छ ।

इजरायली सैन्य बलको आक्रमणबाट पछिल्लो २४ घण्टामा गाजामा ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

तीमध्ये चारवटा हमला विस्तापित प्यालेस्टिनीले आश्रय लिइरहेको विद्यालयलाई लक्षित गरिएको थियो ।

यस क्रममा पाँचजना प्यालेस्टिनी सिभिल डिफेन्सका सदस्य पनि मारिएको अल जजिराको समाचारमा उल्लेख छ ।

इजरायलको गाजामा भएको युद्धले सन् २०२३ को ७ अक्टोबरदेखि इजरायलले गाजामा गरेको आक्रमणबाट ४४ हजार ९७६ प्यालेस्टिनीको मृत्यु भएको छ ।

यस्तै एक लाख ६ हजार ७५९ जना घाइते भएका छन् ।

सोही दिनको हमलामा कम्तीमा १ हजार १३९ जना इजरायलीको मृत्यु भएको छ भने २०० भन्दा बढीलाई बन्धक बनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register