आफ्नो उत्तराधिकारीको चर्चा बढ्दै जाँदा दलाई लामाले भने – म ११० वर्ष बाँच्छु

काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ । यस चिन्ताहरूबीच दलाई लामाले भनेका छन्, “म ११० वर्षसम्म बाँच्नेछु ।” वास्तवमा यस वर्षको जुनमा ८९ वर्षीय दलाई लामालाई घुँडाको शल्यक्रियाका लागि न्यूओर्क लगिएको थियो । यससँगै दलाई लामाविना तिब्बती बौद्ध धर्मावलम्बीको भविष्यबारे पनि चर्चा हुन […]

Dec 24, 2024 - 07:29
 0
आफ्नो उत्तराधिकारीको चर्चा बढ्दै जाँदा दलाई लामाले भने – म ११० वर्ष बाँच्छु

काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ ।

यस चिन्ताहरूबीच दलाई लामाले भनेका छन्, “म ११० वर्षसम्म बाँच्नेछु ।”

वास्तवमा यस वर्षको जुनमा ८९ वर्षीय दलाई लामालाई घुँडाको शल्यक्रियाका लागि न्यूओर्क लगिएको थियो ।

यससँगै दलाई लामाविना तिब्बती बौद्ध धर्मावलम्बीको भविष्यबारे पनि चर्चा हुन थालेको थियो । तर, अब उनले आफ्नो स्वास्थ्यमा चिन्ता लिनुपर्ने कुरा नभएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा लामालाई उनको स्वास्थ्यबारे सोध्दा उनले भनेका थिए, “मेरो सपनाअनुसार म सायद ११० वर्ष बाँच्नेछु ।”

उनले आफ्नो घुँडा पनि निको भैरहेको बताए । लामाले भने, “यो गम्भीर समस्या होइन ।”

१४औं दलाई लामा सन् १९५९ मा हजारौं तिब्बती अनुयायीहरुसँग भारततर्फ भागेका थिए ।

चीनले दलाई लामाको उत्तराधिकारी छान्ने दाबी गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register