शिवम् सिमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश  दिने घोषणा गरेको हो । कम्पनीको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश शिवम्को आगामी साधारणसभाले पारित गरेपछि मात्रै […]

Dec 16, 2024 - 08:07
 0
शिवम् सिमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश  दिने घोषणा गरेको हो ।

कम्पनीको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश शिवम्को आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । तसर्थ, पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

साधारण सभा भने पुस २९ गते राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register