अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खा जिल्ला गण्डकी गाउँपालिका वडा नं. २ घर भई हाल चितवन जिल्ला भरतपुर उप महानगरपालिका वडा नं. १० बस्ने ४३ वर्षीय कुल बहादुर थापा रहेका छन् । उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै ५९ लाख […]

Jan 2, 2025 - 08:38
 0
अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खा जिल्ला गण्डकी गाउँपालिका वडा नं. २ घर भई हाल चितवन जिल्ला भरतपुर उप महानगरपालिका वडा नं. १० बस्ने ४३ वर्षीय कुल बहादुर थापा रहेका छन् ।

उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । हाल उनलाई ठगी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register