धावनमार्गमा कुकुर दौडेपछि बस्नै लागेको श्री एयरको जहाज फेरि आकाशमा उड्नुपर्यो

यस घटनाले विमानस्थलको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ । धावनमार्ग जस्तो संवेदनशील क्षेत्रमा यस्तो किसिमको लापरबाहीले यात्रुको जीवन खतरामा परेको प्रस्ट देखिएको छ ।

Dec 16, 2024 - 08:19
 0
धावनमार्गमा कुकुर दौडेपछि बस्नै लागेको श्री एयरको जहाज फेरि आकाशमा उड्नुपर्यो

सुर्खेत  । सुर्खेत विमानस्थलमा सोमबार एउटा अनौठो घटना भयो ।  धावनमार्गमा कुकुर दौडिएपछि ल्याण्ड हुनै लागेको श्री एयरको जहाज  पुनः आकाशमा उड्न बाध्य भयो ।

काठमाडौंबाट मध्यान्ह उडेको श्री एयरको कलसाइन ९ एन १२२ को जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । दिउँसो करिब सवा १ बजेको समय । जहाज रनवेमा पुग्नै लाग्दा अचानक रनवेमा कुकुर दौडेको दृश्य देखियो ।

चालकले तत्काल निर्णय लिएर जहाजलाई ओभरसुट गरे । यसले सम्भावित दुर्घटनाबाट जोगाउन मद्दत गर्‍यो । ओभरसुटको क्रममा जहाजले चीनको छिन्चुको आकाशमा तीन फन्का लगायो । आवश्यक प्रक्रिया पूरा गरेपछि अन्ततः जहाजले सुर्खेत विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

यस घटनाले विमानस्थलको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ । धावनमार्ग जस्तो संवेदनशील क्षेत्रमा यस्तो किसिमको लापरबाहीले यात्रुको जीवन खतरामा परेको प्रस्ट देखिएको छ । कुकुरजस्ता जनावर रनवेमा प्रवेश गर्न कसरी सफल भए भन्ने विषयमा विमानस्थल प्रशासनले अहिले अनुसन्धान सुरू गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register