सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिए । केन्द्रलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि […]

Dec 16, 2024 - 11:43
 0
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिए ।

केन्द्रलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उनले बताए ।

त्यस्तै बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने नागढुङ्गा सुरुङ्मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तीक सहमति दिने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइसम्बन्धी क्षेत्रको बिकास सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै, मन्त्रिपरिषद्ले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियागितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरि ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register