रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार कार्यदलका सदस्यमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र […]

Jan 5, 2025 - 07:02
 0
रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ ।

शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार कार्यदलका सदस्यमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले छन् ।

कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्‍सँग छलफल गरेर दलको धारणा तय गर्ने झाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register