झापामा ठूलो परिमाणमा ब्राउनसुगरसहित तीन जना पक्राउ

बनियानी, ३ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट बुधबार राति ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरीको संयुक्त टोलीले एक जना भारतीय नागरिकसहित तीन जनालाई दुई सय सात ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय [...] The post झापामा ठूलो परिमाणमा ब्राउनसुगरसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Jan 16, 2025 - 09:09
 0
झापामा ठूलो परिमाणमा ब्राउनसुगरसहित तीन जना पक्राउ

बनियानी, ३ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट बुधबार राति ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरीको संयुक्त टोलीले एक जना भारतीय नागरिकसहित तीन जनालाई दुई सय सात ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

बुधबार राति ११ः२० मेचीनगर–६ स्थित मेचीपुलबाट भारतको वेष्ट बंगाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका–३ नँया बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका–८ का ३४ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो ।

भारतीय नागरिक हुसेन यसअघि पनि विभिन्न लागुऔषध कारोबार सम्बन्धी मुद्दामा सम्लग्न रहेको पाइएको प्रवक्ता चन्दले बताउनुभयो ।

प्रहरी उनीहरुको साथबाट ब्राउनसुगरसहित नगद रू २० हजारसमेत बरामद गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच, बुधबार साँझ झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ का प्रकाश राजवंशीको घरमा प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का २५ वर्षीय प्रकाश राजवंशी, ३२ वर्षीय रतन राजवंशी, बिर्तामोड–१ का २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा गाउँपालिका–७ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका २१ वर्षीय आषिश लिम्बूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिकसहित ३ ग्राम ९८० मिलिग्राम र प्लाष्टिक बाहेक ४२० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, झापाको दमकबाट प्रहरीले प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दमक नगरपालिका–६ स्थित सडक खण्डमा दमक–२ का २३ वर्षीय सुसन बञ्जरालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ट्रामोल–५० लेखिएको दुई सय क्याप्सुल र स्पास्पान लेखिएको दुई सय ट्याब्लेट फेला परेकाले प्रतिबन्धित औषधिसहित इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा ठूलो परिमाणमा ब्राउनसुगरसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register