साधुटारमा अतिरुद्र महायाग : प्रसिद्ध विद्वानहरूको प्रवचन

झापा, ३ माघ । झापाको शंकराचार्यपीठ साधुटारमा सञ्चालन भइरहेको अतिरुद्र महायागमा प्रसिद्ध विद्वानहरूको प्रवचन जारी रहेको छ। अनुष्ठानको चौथो दिन आचार्य सोमनाथ गौतमले आध्यात्मिक प्रवचन गर्नुभएको छ। यसअघि स्वामी अचित प्रपन्नचार्यजी महाराज स्वामी श्रीनिवास आचार्य महाराज डा। तिलक चैतन्य महाराजले धार्मिक प्रवचन गर्नुभएको थियो। मुख्य यज्ञस्थलमा आचार्य हाकिमप्रसाद भण्डारीको अगुवाइमा अतिरुद्र महायाग भइरहेको छ। अति [...] The post साधुटारमा अतिरुद्र महायाग : प्रसिद्ध विद्वानहरूको प्रवचन appeared first on Jhapa Online.

Jan 16, 2025 - 07:21
 0
साधुटारमा अतिरुद्र महायाग : प्रसिद्ध विद्वानहरूको प्रवचन

झापा, ३ माघ । झापाको शंकराचार्यपीठ साधुटारमा सञ्चालन भइरहेको अतिरुद्र महायागमा प्रसिद्ध विद्वानहरूको प्रवचन जारी रहेको छ।

अनुष्ठानको चौथो दिन आचार्य सोमनाथ गौतमले आध्यात्मिक प्रवचन गर्नुभएको छ। यसअघि स्वामी अचित प्रपन्नचार्यजी महाराज स्वामी श्रीनिवास आचार्य महाराज डा। तिलक चैतन्य महाराजले धार्मिक प्रवचन गर्नुभएको थियो।

मुख्य यज्ञस्थलमा आचार्य हाकिमप्रसाद भण्डारीको अगुवाइमा अतिरुद्र महायाग भइरहेको छ। अति रुद्रमा १२१ आचार्यहरू सहभागी रहेको शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिनुभएको छ।

प्रत्येक दिन बिहान यजमानको उपस्थितिमा १२१ शिवलिङ्गको विशेष पूजा अर्चनाबाट अति रुद्र महायाग हुँदै आएको छ। माघ ११ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा शतचण्डी, हवन, तुलादान , गौदान ( गौसेवा, धान्याञ्चल, तण्डुलाञ्चल समेत भइरहेको छ।

अनुष्ठानमा आचार्य छन्दुराम भण्डारी ,आचार्य कुबेर सुवेदी, आचार्य मुकुन्द नेपाल, आचार्य किशोर कुमार गौतम ,आचार्य दुर्गाप्रसाद खतिवडा समेतको धार्मिक र आध्यात्मिक प्रवचन रहने शंकराचार्य पिठका महासचिव हरिप्रसाद नेपालले जानकारी दिनुभएको छ ।

यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि साधुटारमा सञ्चालित गंगा आरतीको दर्शन र अवलोकन गर्नुभएको छ । त्यस क्रममा मुख्यमन्त्री कार्कीले साधुटार सहित देवस्थलहरूको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो।

अनुष्ठान अवधिभर साँझ गङ्गा आरती र भक्ति संगीतको प्रस्तुति समेत हुँदै आएको छ। गंगा आरतीको संयोजन पण्डित प्रेम गौतम र भक्ति संगीतको संयोजन पण्डित किशोर ढुंगानाले गरिरहनु भएको छ ।

The post साधुटारमा अतिरुद्र महायाग : प्रसिद्ध विद्वानहरूको प्रवचन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register