बिहीबार ७.३३ अंकले घट्यो नेप्से, ५ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल २ सय ९६ कम्पनीको एक करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jan 16, 2025 - 09:26
 0
बिहीबार ७.३३ अंकले घट्यो नेप्से, ५ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल २ सय ९६ कम्पनीको एक करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, पोखरा फाइनान्स का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register