जनकपुरको ब्याटिङ सुस्तायो, प्रमुख ब्याटर आउट
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ सुस्ताएको छ । जनकपुरले १० ओभरमा ४ विकेटको क्षतिमा ४१ रन बनाएको छ । १.३ ओभरमा शुभ कंशकार ३ रनमा आउट भए । उनलाई विपिन शर्माले आउट गरे । २.३ ओभरमा कप्तान आसिफ शेख ४ रनमा आउट भए । उनलाई कर्णालीका सोमपाल […]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर-२ मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ सुस्ताएको छ ।
जनकपुरले १० ओभरमा ४ विकेटको क्षतिमा ४१ रन बनाएको छ ।
१.३ ओभरमा शुभ कंशकार ३ रनमा आउट भए । उनलाई विपिन शर्माले आउट गरे ।
२.३ ओभरमा कप्तान आसिफ शेख ४ रनमा आउट भए । उनलाई कर्णालीका सोमपाल कामीले आउट गरे ।
४.२ ओभरमा लाहिरु मिलान्था २ रनमा आउट भए । उनलाई विलियम बोसिस्टोले आउट गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्वालिफायर-२ को खेलमा कर्णालीले दिएको ११९ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।
What's Your Reaction?






