संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा
काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो । बुधवार भएको सुनुवाइमा रिट निवेदकहरूको तर्फबाट मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, रामप्रसाद भट्टराई, दीपेन्द्र झा र दिनेश त्रिपाठी गरि ५ जना कानुन व्यवसायीले बहस गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको […]

काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।
बुधवार भएको सुनुवाइमा रिट निवेदकहरूको तर्फबाट मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, रामप्रसाद भट्टराई, दीपेन्द्र झा र दिनेश त्रिपाठी गरि ५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि चार वर्षदेखि संवैधानिक इजलासमा मुद्दा अड्किएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।
What's Your Reaction?






