श्रीलंकाद्वारा सवारी साधन आयतमा लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौँ । श्रीलंकाले सवारी साधन आयतमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । सन् २०२० मा सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध श्रीलंकाले ४ वर्षपछि फुकुवा गरेको हो । विश्वव्यापी महामारी कोभिड-१९ र आर्थिक संकटका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न आयात प्रतिबन्ध लगाइएको भए पनि अहिले भने उक्त प्रतिबन्ध हटाइएको श्रीलंकाको अर्थ मन्त्रालयले पुष्टि […]

Dec 20, 2024 - 02:41
 0
श्रीलंकाद्वारा सवारी साधन आयतमा लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौँ । श्रीलंकाले सवारी साधन आयतमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । सन् २०२० मा सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध श्रीलंकाले ४ वर्षपछि फुकुवा गरेको हो ।

विश्वव्यापी महामारी कोभिड-१९ र आर्थिक संकटका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न आयात प्रतिबन्ध लगाइएको भए पनि अहिले भने उक्त प्रतिबन्ध हटाइएको श्रीलंकाको अर्थ मन्त्रालयले पुष्टि गरेको छ ।

हाल सार्वजनिक सवारी साधन आयात अनुमति दिइएको भए पनि सन् २०२५ फेब्रुअरीदेखि व्यक्तिगत प्रयोगका लागि कार आयात गर्न अनुमति दिइने श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेले बताएका छन् ।

योसँगै अब सबै आयातकर्ताहरुले सवारी साधन आयात गरेको तीन महिनाभित्र आफ्नो आयात बिक्री गरिसक्नुपर्नेछ । तोकिएको समयावधिभित्र बिक्री गर्न नसके तीन प्रतिशत महसुल तिर्नुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register