धमाधम विस्तार गरिँदैछ मुग्लिन-पोखरा सडक (तस्वीरहरू)

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ । दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो । यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको […]

May 30, 2025 - 06:05
 0
धमाधम विस्तार गरिँदैछ मुग्लिन-पोखरा सडक (तस्वीरहरू)

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ ।

दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो । यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो ।

पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register