न्यायाधीशले भने, ‘रविले चेक काटेको विषयमा बहस आवश्यक छैन’

काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा आएपछि चेक काटेको भन्दै रवि लामिछानेमाथि प्रहरी र सरकारी वकिलले सरकारी ठगीको अभियोग लगाएका थिए । प्रहरीले चेक काटिएको विषयलाई प्रमुख आधार बनाएर रविमाथि अनुसन्धानसमेत चलाएको थियो । तर, बिहीबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले चेक काटिएको विषयमा बहस आवश्यक नरहेको बताएका छन् […]

May 22, 2025 - 09:59
 0
न्यायाधीशले भने, ‘रविले चेक काटेको विषयमा बहस आवश्यक छैन’

काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा आएपछि चेक काटेको भन्दै रवि लामिछानेमाथि प्रहरी र सरकारी वकिलले सरकारी ठगीको अभियोग लगाएका थिए । प्रहरीले चेक काटिएको विषयलाई प्रमुख आधार बनाएर रविमाथि अनुसन्धानसमेत चलाएको थियो ।

तर, बिहीबार बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले चेक काटिएको विषयमा बहस आवश्यक नरहेको बताएका छन् । रविले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटलगायत अन्य निवेदनलाई सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले हेर्दाहेर्दैमा राखेर गत मङ्गलवारदेखि सुनुवाइ गरिरहेको छ । सुनुवाइका क्रममा बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए । रुपन्देही जिल्ला अदालतमा दायर अभियोगपत्रमा रविले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा चेकमार्फत रकम प्राप्त गरेको प्रसङ्ग पनि उठाइएको छ । संसदीय छानबिन समितिले समेत रकम परिचालनमा भूमिका देखिएको भन्दै कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।

 

उक्त विषय सहकारी ठगी नभएको भन्दै रविका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता श्रेष्ठले काउन्टर गर्न खोजेका थिए । तर, न्यायाधीश सुवेदीले उनलाई उक्त विषयमा तर्क आवश्यक नरहेको टिप्पणी गरे । “सहकारी ठगीको विषयमा अभियोग लगाइएको छ । गोर्खा मिडियामा आएको रकम चलाएको भन्ने अभियोग पनि भएन । त्यसको बहस पनि आवश्यक छैन,” उनले भने ।

 

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले ‘मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल कारागारमा राख्न’ आदेश दिएपछि लामिछाने कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छोड्ने आदेश दिएको थियो । तर, उच्च अदालतको पुर्पक्षमा राख्ने आदेश खारेजीको माग राख्दै चैत २९ गते लामिछाने सर्वोच्च अदालत गएका थिए । आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै ७ वैशाख २०८२ मा उनले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।

 

लामो समयसम्म हेर्न नमिल्नेमा परेका रवि लामिछानेले दायर गरेका यी दुई मुद्दा र उच्च अदालतको आदेशविरुद्ध छविराज जोशीको निवेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको छ । गत मङ्गलवारदेखि मुद्दाहरूलाई हेर्दाहेर्दैमा राखेर सर्वोच्चले सुनुवाइ जारी राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register