रिहा भएपछि प्रसाईंले भने- तस्करविरुद्धको मेरो लडाई जारी रहन्छ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् । उनले भने,‘मेरो लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली […]

Dec 20, 2024 - 13:59
 0
रिहा भएपछि प्रसाईंले भने- तस्करविरुद्धको मेरो लडाई जारी रहन्छ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् ।

उनले भने,‘मेरो लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नु पर्ने आज मैले बोल्नुपर्‍यो ।’

सञ्चारकर्मीको अर्को प्रश्नको जवाफमा उनले भने,‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ । प्रहरी कस्टडीमा जुन व्यवहार भयो त्यो राम्रो भयो ।’

उनले आफूले हारेको नभई जितेको दाबी गरेका छन् । उनले भने, ‘म हारेको छैन । यो मैले जितेको हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register