न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने औपचारिक नेपाल भ्रमणका लागि जेठ १५ गते काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालयले जनाएअनुसार यो न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुन लागेको पहिलो औपचारिक भ्रमण हो। साथै उनले अष्ट्रेलिया, श्रीलंका र भारत भ्रमण पनि गर्ने न्युजिल्यान्ड सरकारले विज्ञप्तिमाफर्त जानकारी दिएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री […]

May 27, 2025 - 03:22
 0
न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने औपचारिक नेपाल भ्रमणका लागि जेठ १५ गते काठमाडौं आउने भएका छन्।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार यो न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुन लागेको पहिलो औपचारिक भ्रमण हो। साथै उनले अष्ट्रेलिया, श्रीलंका र भारत भ्रमण पनि गर्ने न्युजिल्यान्ड सरकारले विज्ञप्तिमाफर्त जानकारी दिएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै, उनले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

भ्रमणको मुख्य उद्देश्य दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको न्युजिल्यान्ड सरकारले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register