विदेश सचिवको वक्तव्यः ‘अपरेशन सिन्दुर’

काठमाडौँ । श्री विक्रम मिस्री, विदेश सचिवः शुभ प्रभात । यस बिफ्रिङ्गमा यहाँहरुको सहभागीताका लागि धन्यवाद यहाँहरु सबैलाई विदितै छ, यही अप्रिल २२ गते लश्कर-ए-तैयबासँग जोडिएका पाकिस्तानी र पाकिस्तानद्वारा प्रशिक्षित आतङ्ककारीहरुले भारतको जम्मू र कश्मीरको पहलगाममा भारतीय पर्यटकहरुमाथि बर्बरतापूर्वक आक्रमण गरेका थिए । उनीहरुले एक नेपाली नागरिक सहित २६ जनाको हत्या गरेका थिए जसमा सन् […]

May 7, 2025 - 13:06
 0
विदेश सचिवको वक्तव्यः ‘अपरेशन सिन्दुर’

काठमाडौँ ।

श्री विक्रम मिस्री, विदेश सचिवः
शुभ प्रभात । यस बिफ्रिङ्गमा यहाँहरुको सहभागीताका लागि धन्यवाद

यहाँहरु सबैलाई विदितै छ, यही अप्रिल २२ गते लश्कर-ए-तैयबासँग जोडिएका पाकिस्तानी र पाकिस्तानद्वारा प्रशिक्षित आतङ्ककारीहरुले भारतको जम्मू र कश्मीरको पहलगाममा भारतीय पर्यटकहरुमाथि बर्बरतापूर्वक आक्रमण गरेका थिए । उनीहरुले एक नेपाली नागरिक सहित २६ जनाको हत्या गरेका थिए जसमा सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको हमला पछि भारतमा भएको आतङ्कवादी हमलामा सबैभन्दा धेरै नागरिक हताहत भएका थिए ।

पहलगाम आक्रमण चरम बर्बरताले भरिएको थियो जसमा धेरै जसो पीडितहरुलाई उनीहरुको परिवारको सामुन्ने र निकै नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरुलाई जानाजान आघात पु¥याइएको थियो, साथै उनीहरुलाई सन्देश बोकी जान भनी उपदेश दिइएको थियो ।

यो आक्रमण स्पष्ट रुपमा जम्मू र कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई कमजोर पार्ने उद्देश्यले गरिएको थियो । विशेष गरी यो हमला गत वर्ष २३ मिलियन पर्यटकले भ्रमण गरेको रेकर्ड रहेको यस उपत्यकाको अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई असर गर्ने उद्देश्यले डिजाइन गरिएको थियो । खास गरी यहाँको विकास र गतिलाई हानी पु¥याए यसले यस क्षेत्रलाई सधै पछाडी पारिराख्ने र पाकिस्तानबाट हुने निरन्तर सीमापार आतङ्कवादका लागि उर्बर भूमि निर्माण गर्न मद्दत गर्ने उनीहरुको आकलन थियो ।

जुन तवरले आक्रमण गरिएको थियो त्यसको उद्देश्य नै दुवै जम्मू र कश्मीर र बाँकी देशमा कलह भड्काउने उद्देश्यले गरिएको थियो । यी योजनाहरु विफल हुनुमा सरकार र भारतका जनतालाई श्रेय जान्छ ।

आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) भनी चिनाउने समूहले सो आक्रमणको जिम्मा लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह, लश्कर–ए–तैयबाको लागि काम गर्ने एक मोर्चा हो । उल्लेखनीय छ कि भारतले सन् २०२४ मे र नोभेम्बरमा संयुक्त राष्ट्र संघको १२६७ प्रतिबन्ध समितिको अनुगमन टोलीलाई अर्धवार्षिक प्रतिवेदनमा पाकिस्तानमा रहेका आतङ्कवादी समूहका लागि काम गर्ने टीआरएफ बारे जानकारी दिएको थियो । यसअघि पनि, सन् २०२३ डिसेम्बरमा भारतले अनुगमन टोलीलाई टीआरएफ जस्ता साना आतङ्कवादी समूहहरुमार्फत लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले काम गरिरहेको बारेमा जानकारी गराएको थियो । यस सन्दर्भमा अप्रिल २५ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रेस विज्ञप्तिमा टीआरएसँग सम्बन्धित प्रसङ्ग हटाउन पाकिस्तानले दिएको दबाब उल्लेखनीय छ ।

पहलगाम आतङ्कवादी आक्रमणको अनुसन्धानले आतङ्ककारीहरुको पाकिस्तानमा र पाकिस्तानसँग सम्पर्क रहेको देखाएको छ । द रेसिस्टेन्स फ्रन्टले गरेका दाबी र लश्कर–ए–तैयबाको सामाजिक सञ्जाल ह्यान्डलहरुबाट गरिएको रिपोस्टले पनि यसलाई पुष्टि गरेको छ । प्रत्यक्षदर्शीहरुको बयान र कानूनी निकायहरुसँग उपलब्ध अन्य जानकारीको आधारमा आक्रमणकारीहरुको पहिचान जस्ता कार्यहरु अघि बढिसकेका छन् । हाम्रा गुप्तचर निकायले यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरुको वास्तविक तस्वीर पनि फेला पारिसकेको छ ।

यस आक्रमणका विशेषताहरु पाकिस्तानले भारतमा गर्ने सीमापार आतङ्कवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् जसलाई राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्नभन्दा बाहिर रहेका छन् । विश्वभरका आतङककारीहरुका लागि आश्रयस्थलको रुपमा पाकिस्तान कहलिएको छ र अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित आतङ्ककारीहरु दण्डको डर नबोकी बसिरहेका छन् । यसका साथै यस विषयमा विश्वलाई तथा वित्तीय कार्यवाही कार्यदल जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुलाई जानाजानी भ्रमित गर्ने कुरामा पाकिस्तान परिचित रहेको छ । यसको सबैभन्दा ज्वलन्त उदाहरण साजिद मीरको मुद्दा हो जसमा उक्त आतङ्ककारीलाई मृत घोषित गरिएको थियो र पछि अन्तर्राष्ट्रिय स्तरबाट दबाब आएपश्चातको प्रतिक्रियामा पुनःजीवित पारिएको थियो र त्यसपछि जीवित फेला पारी पक्राउ गरिएको थियो ।

पछिल्लो समयमा पहलगाममा भएको आक्रमणले जम्मू कश्मीर र भारतका अन्य भागहरुमा समेत गहिरो आक्रोश उत्पन्न गरेको छ । उक्त आक्रमणपश्चात भारत सरकारले पाकिस्तानसँगको आफ्नो भूमिकासँग सम्बन्धित रहेर प्रारम्भिक कदमहरुका साथ स्वभाविक रुपमा प्रतिक्रिया दिएको छ । यहाँहरु सबैलाई अप्रिल २३ गते घोषणा गरिएका निर्णयहरु बारे थाहा नै छ ।
यद्यपि अप्रिल २२ गतेको आक्रमणका दोषी र योजनाकारहरुलाई न्यायको कठघरामा ल्याउनु आवश्यक थियो । आक्रमण भएको दुई साता बितिसक्दा पनि पाकिस्तानबाट आफ्नो भूभाग वा आफ्नो नियन्त्रणमा रहेको भूभागमा रहेको आतङ्कवादी पूर्वाधार विरुद्ध कारबाही गर्न कुनै ठोस कदम चालिएको छैन । त्यसको सट्टा उसले अस्वीकार र आरोप मात्र लगाएको छ । हाम्रो गुप्तचरले पाकिस्तानमा रहेका आतङ्कवादी मोड्युलहरुको अनुगमनपछि भारत विरुद्ध थप आक्रमणहरु हुने संकेत गरेको थियो । तसर्थ यसलाई रोक्नु र यस विरुद्ध पूर्वतयारी गर्नु दुवै हाम्रा लागि बाध्यता थियो ।

यहाँहरुलाई थाहा भएकै होला कि आज बिहानै भारतले यस्ता सीमापार आक्रमणहरु विरुद्ध प्रतिक्रिया दिने, पूर्वतयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको छ । यी कार्यहरु आकलित, नभड्किने खालका, आनुपातिक र जिम्मेवारपूर्ण थिए । यी कार्यहरु आतङ्कवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत पठाइने सम्भावित आतङ्ककारीहरुलाई निमिट्यान्न पार्ने कुरामा केन्द्रित थिए ।

यहाँहरुलाई याद होला कि सुरक्षा परिषद्ले यही अप्रिल २५ गते पहलगाम आतङ्कवादी हमलाको बारेमा एक प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसलाई यहाँ मैले उद्धृत गरेको छु, “यस निन्दनीय आतङ्कवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पु¥याउनेहरुलाई जवाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको छ”। भारतले गरेको पछिल्लो कार्यलाई यसै सन्दर्भमा हेरिनुपर्दछ ।

आज बिहानै गरिएको हाम्रो कार्यहरुको बारेमा बिफ्रिङ्ग गर्न मसँगै कर्णेल सोफिया कुरैशी र विंग कमाण्डर व्योमिका सिंह उपस्थित हुनुहुन्छ । म वहाँहरुलाई अपरेशन सिन्दूरको बारेमा केही विवरणहरु यहाँहरु सबैसँग साझा गर्न अनुरोध गर्नेछु ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register