संसारको सबैभन्दा महंगो कफीको मूल्य कति ?

काठमाडौं । तपाईं हामीमध्ये कफी धेरैको मनपर्ने पेय पदार्थ होला । तर, के तपाईंलाई थाहा छ संसारको सबैभन्दा महंगो कफी कुन हो ? तपाईं जति छक्क यसको मूल्य सुनेर हुनुहुन्छ, त्यसभन्दा पनि बढी छक्क पार्ने कुरा यसलाई बनाउने विधि छ । संसारको सबैभन्दा महंगो कफी कोपी लुवाक हो । यदि तपाईं कफी धेरै मन पराउने […]

Jun 21, 2025 - 11:09
 0
संसारको सबैभन्दा महंगो कफीको मूल्य कति ?

काठमाडौं । तपाईं हामीमध्ये कफी धेरैको मनपर्ने पेय पदार्थ होला । तर, के तपाईंलाई थाहा छ संसारको सबैभन्दा महंगो कफी कुन हो ? तपाईं जति छक्क यसको मूल्य सुनेर हुनुहुन्छ, त्यसभन्दा पनि बढी छक्क पार्ने कुरा यसलाई बनाउने विधि छ ।

संसारको सबैभन्दा महंगो कफी कोपी लुवाक हो । यदि तपाईं कफी धेरै मन पराउने व्यक्ति हो भने यो नाम पक्कै सुन्नुभएको होला । यसलाई संसारको सबैभन्दा महंगो कफी मानिन्छ, जसको मूल्य उत्पादन विधि (जङ्गली वा फार्ममा पालिएको), गुणस्तर र बजारको आधारमा १०० अमेरिकी डलरदेखि १३०० अमेरिकी डलर प्रति किलोग्रामसम्म पुग्न सक्छ । यो कफी यति महंगो किन छ, यसका पछाडि धेरै कारण छ र एक हो यसलाई बनाउने तरिका ।

कोपी लुवाक किन यति महंगो छ ?

कोपी लुवाक इन्डोनेसियाको एक दुर्लभ कफी हो, जसलाई जङ्गली (एसियाली पाम सिभेट) नामको एउटा सानो बिरालो जस्तो देखिने तर वास्तवमा बिरालो प्रजातिमा नपर्ने जनावरको सहायताले तयार गरिन्छ । यो जनावरले कफीको पाकेको चेरी खान्छ । त्यसपछि एक–दुई दिनपछि यी बीन्सहरू मलको माध्यमबाट बाहिर निस्कन्छ । त्यसपछि यी बीन्सहरूलाई सङ्कलन गरिन्छ र राम्ररी धोएर सुकाइन्छ र त्यसपछि भुटेर पिसिन्छ । यसरी कोपी लुवाक बन्छ ।

यस्तो मानिन्छ कि यो जनावरको पाचन तन्त्रमा रहेका इन्जाइमहरूले कफी बीन्सको स्वाद र सुगन्धलाई परिवर्तन गर्छन्, जसले गर्दा यस कफीको स्वाद कम तितो हुन्छ र कफी चिल्लो पनि हुन्छ । तर, यी कफी बीन्सहरूलाई जङ्गलबाट खोजेर त्यसपछि प्रशोधन गरिने भएकोले यसको मात्रा निकै सीमित हुन्छ । यद्यपि, यसको बढ्दो मागका कारण अहिले धेरै ठाउँमा सिभेटहरूलाई खोरमा राखी जबरजस्ती कफी चेरी खुवाउने गरिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register