देश छोड्नेको संख्यामा ‘रेकर्ड ब्रेक, १ महिनामै ८४ हजार विदेशिए

काठमाडौँ । पछिल्लो एक महिनामा देश छोड्ने नेपालीहरुको संख्याले ‘रेकर्ड ब्रेक’ गरेको छ । देशले देशमा केही गर्ने अवसर दिएन भन्दै विदेशिनेहरुको संख्या वर्षेनी बढिरहेको बेला मंसिर महिनामा हालसम्मकै धेरै नेपालीहरु विदेशिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै ८४ हजार २ सय २६ जना नेपालीहरुले देश छोड्न अनुमति लिएका छन् । […]

Dec 24, 2024 - 09:29
 0
देश छोड्नेको संख्यामा ‘रेकर्ड ब्रेक, १ महिनामै ८४ हजार विदेशिए

काठमाडौँ । पछिल्लो एक महिनामा देश छोड्ने नेपालीहरुको संख्याले ‘रेकर्ड ब्रेक’ गरेको छ । देशले देशमा केही गर्ने अवसर दिएन भन्दै विदेशिनेहरुको संख्या वर्षेनी बढिरहेको बेला मंसिर महिनामा हालसम्मकै धेरै नेपालीहरु विदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै ८४ हजार २ सय २६ जना नेपालीहरुले देश छोड्न अनुमति लिएका छन् ।

यसअघि २०७९ कार्तिकमा सबैभन्दा धेरै नेपालीहरुले देश छोडेका थिए । त्यसबेला नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७८ हजार ३ सय ७० रहेको थियो । जुन चालु आर्थिक वर्षको मंसिर महिनाको भन्दा ६ हजारले कम हो ।

विभागको तथ्यांक अनुसार मंसिर महिनामा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जान २८ हजार ८ सय ६८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । त्यस्तै, बिदामा आएर पुनः फर्किनका लागि ४१ हजार ३ सय २० जनाले श्रम स्वीकृति लिएका छन् । साथै व्यक्तिगत भिसा आएपछि अन्तिम श्रम स्वीकृति लिनेको संख्या १३ हजार ५९ छ भने जीटूजीमार्फत ९ सय ७९ जनालो अन्तिम श्रम स्वीकृति लिएका छन् ।

मंसिर महिनामा रोजगारीमा लागि विदेश जानेहरुमा अधिकांश खाडी मुलुक गएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै नेपालीहरु रोजगारीका लागि यूएई गएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register