कारागारमा रविलाई एक्लै राखियो !  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागारमा एक्लै राखिएको छ । सोमबार भैरहवा कारागार पुर्याइएका लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको हो ।  कारागारका एक प्रहरीका अनुसार उक्त कारागारमा कुल ४ वटा ब्लक छन् । जसमध्ये ब्लक १ र २ मा अन्य कैदीलाई राखिएको छ भने ब्लक ३ मा महिला कैदी […]

Apr 7, 2025 - 10:02
 0
कारागारमा रविलाई एक्लै राखियो !  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागारमा एक्लै राखिएको छ । सोमबार भैरहवा कारागार पुर्याइएका लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको हो । 

कारागारका एक प्रहरीका अनुसार उक्त कारागारमा कुल ४ वटा ब्लक छन् । जसमध्ये ब्लक १ र २ मा अन्य कैदीलाई राखिएको छ भने ब्लक ३ मा महिला कैदी राखिएको छ । 

रवि लामिछानेलाई राखिएको ब्लक ४ मा १० जना कैदी अटाउँछन् । तर, हाल उक्त ब्लकमा रवि एक्लैलाई राखिएको छ । रविलाई राखिएको उक्त ब्लकमा अन्य कैदी नराखिएको कारागार प्रशासनले जनाएको छ । 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै शुक्रबार प्रहरीले रविलाई उनकै निवासबाट पक्राउ गरेको थियो । सोमबार जिल्ला अदालतमा उपस्थित गराएर रविलाई भैरहवा कारागार चलान गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register