च्याम्पियन्स ट्रफीको खेलतालिका : फाइनल हुने स्थान भारतको प्रदर्शनले निर्धारण गर्ने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका र समूह सार्वजनिक भएको छ । आईसीसीले जारी गरेको तालिकाअनुसार प्रतियोगिता १९ फेब्रुअरीमा पाकिस्तानको कराँचीमा सुरु हुनेछ । फाइनल मार्च ९ मा हुनेछ । फाइनलका लागि दुई स्थान तय भएको छ । भारत फाइनलमा नपुगे पाकिस्तानमा र पुगे यूएईमा हुने आईसीसीले जनाएको छ । आठ टोलीको […]

Dec 25, 2024 - 06:59
 0
च्याम्पियन्स ट्रफीको खेलतालिका : फाइनल हुने स्थान भारतको प्रदर्शनले निर्धारण गर्ने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका र समूह सार्वजनिक भएको छ ।

आईसीसीले जारी गरेको तालिकाअनुसार प्रतियोगिता १९ फेब्रुअरीमा पाकिस्तानको कराँचीमा सुरु हुनेछ ।

फाइनल मार्च ९ मा हुनेछ । फाइनलका लागि दुई स्थान तय भएको छ । भारत फाइनलमा नपुगे पाकिस्तानमा र पुगे यूएईमा हुने आईसीसीले जनाएको छ ।

आठ टोलीको प्रतियोगितामा १५ खेल हुनेछ । ‍खेल पाकिस्तान र दुबईमा खेलाइनेछ।

पाकिस्तानमा रावलपिण्डी, लाहोर र कराँचीमा प्रतियोगिताका खेल हुनेछन् । पाकिस्तानको प्रत्येक स्थानमा तीनवटा समूह खेल हुनेछन्, जसमा लाहोरमा दोस्रो सेमिफाइनल खेलाइनेछ ।

लाहोरले ९ मार्चमा फाइनल पनि आयोजना गर्नेछ । भारत फाइनल पुगेको अवस्थामा दुबईमा खेलिनेछ । सेमिफाइनल र फाइनल दुवैमा रिजर्भ दिन हुनेछ।

पाकिस्तानले १९ फेब्रुअरीमा कराँचीमा हुने समूह ‘ए’ प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डसँग खेल्नेछ । पाकिस्तान-भारत भिडन्त २३ फेब्रुअरीमा दुबईमा हुनेछ।

समूह

समूह ए – पाकिस्तान, भारत, न्यूजिल्याण्ड, बंगलादेश

समूह बी – दक्षिण अफ्रिका, अस्ट्रेलिया, अफगानिस्तान, इंग्ल्याण्ड

च्याम्पियन्स ट्रफी विजेता टोली

अष्ट्रेलिया – (२००६, २००९)
भारत – (२००२, २०१३)
दक्षिण अफ्रिका – (१९९८)
न्यूजिल्याण्ड – (२०००)
वेस्ट इन्डिज – (२००४)
पाकिस्तान – (२०१७)
श्रीलंका – (२००२) – भारतीय टोली सन् २००२ मा श्रीलंकासँग संयुक्त विजेता बनेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register